धराैटी बुझाएर रिहा भए प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार १४:१८

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान भएका ३ जना मंगलबार रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बूका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका हुन् ।

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए ।

नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १४:१८