काठमाडौँ– मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।
साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेता सहभागी छन् ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १७:०६