काठमाडौँ– मन्पिरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
भागबन्डा मिलाउन बसेको बैठकमा सहमति हुन नसकेपछि भोलि फेरि बस्ने गरी बैठक सकिएको छ । बैठक भोलि बुधबार बिहान ९ बजे बस्ने छ ।
आज बसेको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको छ ।
यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा, लोसपाले २ वटा मन्त्रालय मागेको बैठकमा सहभागी एक नेताले बताए ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १८:५३