सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरु हुँदै


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार ११:१३

काठमाडौँ- सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु हुँदै छ ।

रथयात्राको पहिलो दिन बुधबार अपराह्न ४ बजे मछिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ। त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क भोटाहिटी हुँदै रथलाई असन पुर्‍याइने छ ।

चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका पुर्‍याइन्छ ।

भोलिपल्ट बिहान ४ बदेखि ६ः३० बजेसम्म हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्‍याइनेछ । चैत १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ ।

चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

Tags :

प्रकाशित: १५ चैत्र २०७९, बुधबार ११:१३