सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १२:३७

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आजै दिउँसाे ३ बजे बस्ने गरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।

आजै मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको १० दलीय सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेता निस्किएका हुन् ।

अन्य दलका नेता बाहिरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वान टू वान वार्ता गरिरहेका छन् ।

हिजो पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १२:३७