। नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् ।
नेता कुशवाहाले केहीबेर अघि रिपोर्टर क्लबमा पत्रकार सम्मेलन गरी आफू सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको जानकारी गराएका हुन् । उनलाई अध्यक्ष राउतले पार्टीमा स्वागत गरे ।
बारा- २ बाट निर्वाचित जसपाका नेता रामसहायप्रशास यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानको सांसद पद रिक्त छ ।
उपनिर्वाचनमा उक्त क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
माओवादी केन्द्रले उपेन्द्रलाई उक्त स्थान छोड्ने करिब निश्चित भएपछि कुशवाहा त्यहाँ निर्वचनमा उम्मेदवार बन्न जनमत पार्टी प्रवेश गरेका हुन् ।
राउतले उपेन्द्रलाई संसद प्रवेशबाट रोक्न कुशवाहलाई पार्टीमा भित्र्याएका हुन् ।
जनमत पार्टीका अध्यक्ष राउतले बारा- २ मा भइरहेको निर्वाचन उम्मेदवार र पार्टीबीचको प्रतिस्पर्धा मात्रै नभएको बताएका छन् ।
कुशवाहलाई बुधबार पार्टी प्रवेश गराउँदै उनले त्यहाँको निर्वाचन लोकतन्त्र कायम राख्ने कि मजाक उडाउने? भन्ने लडाइँ रहेको बताएका हुन् ।
निर्वाचन सत्य र असत्यको बीचमा, न्याय र अन्यायको बीचमा लडाइँ भएको उनको भनाइ छ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १२:४६