काठमाडौं – मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका पछि सरकारसँगको वार्ता सरेको छ ।
लामो पैदल यात्रा र सडक आन्दोलनका कारण थकित बनेका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका हुन । खराब स्वास्थ्य अस्वस्थताको कारण उनीहरुले सरकारसँगको वार्ता बिहीबारलाई सारेका छन् ।
काठमाडौंमा १२ दिन पैदल यात्रा हिंडेर आएका ७३ मध्ये ५५ जना भन्दा धेरैलाई मंगलबार रातिदेखि सञ्चो नभएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकारी दिए ।
बिरामीका कारण बुधबार बिहान सरकारी वार्ता टोली संयोजकलाई फोन गरेर बिहीबार मात्रै वार्ता गरौं भनेर जानकारी गराएको उनले बताए ।
मंगलबार बिहानैदेखि टंगाल, भद्रकाली, माइतीघर र बानेश्वर धर्ना दिए पनि बुधबार धर्नाका कार्यक्रम तय गर्नै नसकेको दाहालको भनाइ छ । अब केही बेरमा पुनः छलफल गरेर आन्दोलनका कार्यक्रमलाई भने निरन्तर नै राख्ने पनि उनले बताए ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १३:०७