मन्त्रीको टुंगो लगाउन माधव नेपालले बोलाए आकस्मिक बैठक


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १३:४२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले आकस्मिक बैठक बोलाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो साढे १ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ‘वान टू वान’ वार्ता गरेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष नेपालले सचिवालयको आकस्मिक बैठक बोलाएका हुन् ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १३:४२