बारा(२ मा कुशाहको जित निश्चित सिके राउत


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १३:४९

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले बारा( २ को उपनिर्वाचनमा आफ्नो पार्टीले अरूलाई समर्थन नगर्ने बताएका छन् ।

बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन आयोजित कार्यक्रममा अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र विजयी हुने दाबी गरे ।

उनले मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा(२ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा(२ को उपनिर्वाचनमा कुशवाहलाई जिताउनुको विकल्प नरहेको बताए ।

ठुला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १३:४९