नागरिकता विधेयक संसद्‍मा पेस गर्न गगन थापाकाे माग


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १४:४३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक संसद्मा पेस गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकता नपाउँदा नेपाली हुन नपाएको र उनीहरूले कुनै पनि सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराए ।

‘नेपाली नागरिक बाआमाबाट जन्मेका कयौँ सन्ताले नागरिकता पाएका छैनन् । तपाईं, म, प्रधानमन्त्री, अहिलेको राष्ट्रपति, पहिलेको राष्ट्रपतिसँग नागरिकता छ । तर नागरिक हुँदाहुँदै पनि नागरिकता नपाउँदाको पीडा पासपोर्ट लिन, बैंकमा खाता खोल्न, लोकसेवाको परीक्षा दिन, बाहिर जान पाएको छैन,’ उनले भने, ‘सरकारलाई नागरिकतासम्बन्धी कानुन टेबल गर्न ध्यानकर्षण गराउँछु ।’

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १४:४३