ठगी आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १६:०६

काठमाडौं । अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई काठमाडौंबाट पक्रेको हो ।

उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:०६