काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टीले प्रधानमन्त्रीको प्रतिक्रिया कुरिररहेको छ ।
सञ्चारकर्मीहरुसँग उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’
तीन जना मन्त्रीको नाम तयारी रहेको भन्दै उनले भने, ‘तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । अनुमान गरेको नाम नै धेरै मिल्नसक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’
आफूहरुले धेरै कुरा त्याग गरेकाले तीन मन्त्रालय पाउनै पर्ने उनले बताए ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:१५