काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरूको पदस्थापन गरिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार जना एआइजीको पदस्थापन गरेको हो। बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआइजी श्याम ज्ञवालीलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ भने टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
दीपक थापालाई भने प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा राखिएको छ। यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका उनीहरूको बढुवा भएसँगै पदस्थापन गरिएको हो।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:२५