काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गर्दै दादागिरी देखाएका छन् ।
काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरिरहेको भन्दै ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले आज पक्रेको थियो ।
पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै सञ्चारकर्मीमाँझ सार्वजनिक गरिँदा चिनियाँ नागरिकले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी गर्दै कार्यालय परिसरमा सुतेका हुन् ।
हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध मात्र जनाएनन् तस्वीर खिच्न खोज्नेलाई दुर्व्यवहार नै गरे ।
यसअघि, २०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गरेका चिनियाँहरुले सिंहदरवार अगाडी नै प्रहरीलाई हातपात गरेका थिए ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:५६