अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १७:४०

काठमाडौँ – प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८÷०७९) पेश गरिन् । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १७:४०