काठमाडौँ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएको छ ।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भने सरकारमा सहभागी नगराइने भएको छ । अब ९ दल सरकारमा सहभागी हुने छन् ।
बैठकमा नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा (एकीकृत समाजवादी)लाई २, जनता समाजवादी पार्टी (जसपा)लाई २ मन्त्रालय दिने सहमति भएको छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीलाई १, नेपाल समाजवादी पार्टीलाई १ र जनमतलाई थप १ राज्यमन्त्री दिने सहमति भएको छ ।
मन्त्रालय संख्याको विषय टुंगिए पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे भने यकिन भएको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय माओवादीलाई नै राख्ने पक्षमा छन् । कांग्रेसलाई अर्थ मन्त्रालय दिने तयारी छ ।
तर, सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारको भागबन्डामा छुटेको छ । सरकारमा जान तयारी अवस्थामा रहेको रास्वपालाई मन्त्रालय दिनेबारे कुनै निर्णय भएन ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १९:०३