बिहीबार बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १९:०७

काठमाडौँ । सत्ता गठबन्धन दलहरूले बिहीबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बिहीबारसम्म सरकार विस्तार टु्रग्याउने निर्णय गरेको हो । सरकारमा राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनका ९ दल सहभागी हुने भएका छन् ।

दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबारसम्म मन्त्रीहरूको नाम बुझाउने सहमति भएको छ । नयाँ मन्त्रीहरूको शपथ बिहीबार ननै गराउने तयारी छ ।

बैठकमा नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा ९एकीकृत समाजवादी०लाई २, जनता समाजवादी पार्टी ९जसपा०लाई २ मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीलाई १, नेपाल समाजवादी पार्टीलाई १ र जनमतलाई थप १ राज्यमन्त्री दिने सहमति भएको छ ।

मन्त्रालय संख्याको विषय टुंगिए पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे भने यकिन भएको छैन ।

प्रधानमन्त्री दाहालले गत चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १९:०७