काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन गएका छन्।
मन्त्रालय भागबन्डाका लागि बोलाइएको बैठक छाडेर प्रधानमन्त्री चितवन उडेका हुन् ।
कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंग्याउन आज बिहान बालुवाटारमा बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि प्रचण्ड चितवन गएका हुन् ।
भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल चितवन गएका हुन्।
प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि दिउँसो २ बजे पुन: सत्ता गठबन्धन बैठक बस्नेछ।
कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू अहिलेपनि बालुवाटारमा नै छन्।
प्रचण्ड दिउँसो १ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे फेरि बस्ने गरी सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
केही मन्त्रालयको टुंगो लाग्न बाँकी रहेकोले दिउँसो बैठक बसेर टुंग्याइने नेता श्रेष्ठले बताए ।
उनका अनुसार दलहरूले आज नाम दिए आजै मन्त्रिपरिषद् विस्तार हुन्छ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार ०९:५०