काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि २ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तनहुँ–१ र चितवन–२ मा उम्मेदवारको टुंगो लगाएको हो ।
बैठकले तनहुँ–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र खाली छ । यस्तै, रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन–२ पनि खाली छ ।
उम्मेदवारको टुंगो लागे पनि औपचारिक घोषणा हुन भने बाँकी छ । भट्टराई नेविसंघका पूर्वसभापति हुन् भने श्रेष्ठ कांग्रेस चितवनका पूर्वसभापति हुन् ।
यस्तै खाली रहेको बारा–२ मा मा भने गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्दै छन् ।यहाँबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि यो क्षेत्र पनि खाली छ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार ११:३७