भरसक आजै नत्र भोलि बिहानसम्म क्याबिनेट विस्तार : प्रधानमन्त्री प्रचण्ड


तरुण पत्रिका

१६ चैत्र २०७९, बिहीबार ११:५०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने प्रयासमा आफू रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै दाहालले यस्तो बताएका हुन् । ‘सबै कुरा मिलिसकेको छ। एक दुइटा मन्त्रालयको विषय टुंग्याउन बाँकी छ । आजै साँझ वा भोलि बिहानसम्म क्याबनिेट विस्तार हुन्छ,’ उनले भने ।

बुधबार साँझ बसेको सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको थियो ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र पर्न नदिने पनि प्रतिबद्धता जनाएका छन् । धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला अहिले अलपत्र अवस्थामा छ।

फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार ११:५०