काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले बारा–२ मा हुन लागेको उपनिर्वाचनमा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बसेको लोसपाको बैठकले बारा–२ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ खाली छ । यस क्षेत्रमा १० वैशाखमा उपनिर्वाचनको मिति तोकिएको छ ।
लोसपा नेता केशव झाले दिउँसो १ बजे पार्टीको कार्यकारिणी समिति बैठक बसेर पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र बारा–२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने जानकारी दिए ।
पार्टीले सरकारमा सांसद शरतसिंह भण्डारीलाई पठाउने निर्णय गरिसकेको छ ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १२:५०