काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा जाने मन्त्री छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेका छन् । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेका मन्त्रालयका लागि मन्त्री छान्ने जिम्मा देउवालाई दिएको हो ।
बैठकपछि पार्टी प्रवक्ता महतले मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशिता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने बताए ।
देउवाले सबैसँग सल्लाह गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १२:५८