सरकार र मिटरब्याज पीडित बीच सकियो वार्ता, अर्को वार्ता साँझ बस्दै


तरुण पत्रिका

१६ चैत्र २०७९, बिहीबार १४:५९

काठमाडौं – सरकार र मिटरब्याज पीडित बीच आज भएको वार्ता पुनः बस्ने गरी सकिएको छ ।
गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।
वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।

मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।

 

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १४:५९