काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेलमिलापका नाममा अर्को गैरमेलमिलाप गर्ने कुराको छुट कसैलाई नभएको टिप्पणी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपयुक्त ढंगले अन्तर्राष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताका आधारमा शान्ति प्रक्रिया टुंगिनुपर्ने बताए ।
उनले भने, ‘दण्डहीनताको अन्त्य जस्ता कुराहरूलाई आधार मानेर द्वन्द्वको पीडालाई समाप्त पार्न शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौँ । शान्ति प्रक्रिया टुंग्याउन संक्रमणकालीन न्याय, संक्रमणकालीन अन्याय होइन । संक्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराउने हो । क्षतिपूर्ति र स्वेच्छाले गर्न चाहेमा मेलमिलाप, करकापले धम्काएर, मान्छेलाई प्रेसर दिएर सहमति या मेलमिलाप हुन सक्दैन ।’
साथै उनले अहिले बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै गन्तव्य नै नभएकाे टिप्पणी गरे ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १५:३६