मन्त्रालय भागबन्डा टुंगियो, कसको भागमा कुन ?


तरुण पत्रिका

१६ चैत्र २०७९, बिहीबार १५:५०

काठमाडौँ – सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएको छ ।

संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले ८, सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले ५ तथा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने गरी मन्त्रालय भागबन्डा टुंगिएका हो ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।

त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएका छन् ।

त्यस्तै मन्त्रालय भागबन्डामा सहमति जुटेकोले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत भएको छ ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १५:५०