काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त भएका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार थापालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य थापा यसअघि नेपाली कांग्रेसका सहमहामन्त्री थिए । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।
राष्ट्रपति पौडेलले बुधबार आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए ।
यसअघि राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए भने मिडिया हेर्ने गरी खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १६:२०