काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।
चितवन–२ का लागि चितवनका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा–२ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ–१ का लागि तनहुँका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँग चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।
उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा अब निर्वाचनका सबै कार्यक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १६:२५