काठमाडौं– काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् ।
महोत्तरीबाट पैदल काठमाडौं आएका मिटरब्याजपीडितलाई चिसोको समस्या देखिएको छ । वीर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको हो ।
‘अस्पताल गएका ९ मध्ये ५ जना फर्किएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले बताए । बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको छ ।’ दाहालकाअनुसार उनीहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १६:५८