काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको सूची सार्वजनिक गरेको छ ।
बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ-१ र बारा-२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।
रास्वपाले चितवन-२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस भएको छ। तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विकको नाम सिफारिस गरिएको छ।
त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।
तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले जनाएको छ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार २२:५९