काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेटन आज विहान प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन ।
आज केही मन्त्री थपेर क्याबिनेट विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । भागबन्डा मिलिसकेका दलसँग उनले दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् ।
आजै अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति भेट्न शीतलनिवास पुगेको निकट स्रोतले बताएको बताएको छ ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १०:५०