काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिने क्रममा एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।
एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा प्रधानमन्त्री दाहालले अपिल गरेका छन् ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १०:५९