काठमाडौँ – पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्ने सम्भावना बढेको छ ।
पक्राउ पर्ने सम्भावना बढेसँगै उनले आफैँ आत्मसमर्पण गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रम्पविरुद्ध न्युयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी पक्राउ पर्ने सम्भावना बढेको बिबिसीले जनाएको छ ।
उनीविरुद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको भए पनि ती अभियोगहरू एकजना पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित रहेको बताइउको छ ।
उनले आगामी हप्ता न्युयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको दाबी गरिएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले सन्दिग्ध सम्बन्धबारे मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ ।
यस विषयमा अनुसन्धान गरेपछि एक ग्रान्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो । ट्रम्पको ड्यान्यल्ससँग सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि सम्बन्ध रहेको भनिएको छ ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार ११:१२