राष्ट्रपतिसँग छलफल गरेर फर्किए प्रधानमन्त्री


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार ११:२५

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निवास शितल निवासमा गएर राष्ट्रपतिसँग भेट गरेका हुन् ।

आज मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सोही विषयमा राष्ट्रपतिसँग छलफल भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी लगायतका दलबाट समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार ११:२५