ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार ११:५२

दमौली– तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २ जना जना घाइते भएका छन् ।

मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार ११:५२