काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छिन् ।
नाउपा सांसद गंगाराम चौधरीका अनुसार पार्टीले पाएको १ मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको हो ।
सत्ता गठबन्धनबीच भएकाे भागबन्डामा नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएकाे छ ।
यसअघि युवा तथा खेलकुद मन्त्रालय दिने भनिए पनि श्रेष्ठले असन्तुष्टि जनाएपछि मन्त्रालय फेरिएको हो ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १२:४९