काठमाडौँ । सरकार र मिटरब्याज पीडितका प्रतिनिधिबीच शुक्रबार भएको दोस्रो चरणको वार्ता सकिएको छ ।
गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न सकेन ।
पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको बताए ।
मिटरब्याज पीडितहरू १० दिन पैदल हिँडेर ४ दिनअघि काठमाडौँ आएका थिए ।
सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटरब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिने गरी कानुन बनाउने प्रक्रिया थालिसकेको छ ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १३:२७