नवनियुक्त मन्त्रीहरूले लिए शपथ


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १६:१८

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनेका छन् भने यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् ।

यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री, जसपा नेता अशोककुमार राई शिक्षामन्त्री, लोसपाका शरतसिंह भण्डारी श्रममन्त्री, कांग्रेसका प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला, बालबालिकामन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन् ।

यस्तै माओवादीकी रेखा शर्मा सञ्चारमन्त्री, सूदन किराँती संस्कृतिमन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्रीमा यथावत् छन् ।

यस्तै, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री बन्दा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, माओवादीकी सुशीला सिर्पाली ठकुरी संस्कृति राज्यमन्त्री बनेका छन् ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १६:१८