काठमाडौँ– अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ ।
संघले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो । सम्मेलनमा १ हजार २ सय ६२ जनाको सहभागिता रहनेछ ।
सम्मेलनले आगामी ३ वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन गर्ने संघका संयोजक थममाया थापाले जानकारी दिए ।
अनेमसङ्घले राष्ट्रको अग्रगमन र समृद्धिका लागि राज्यको हरेक संरचनामा महिलाको समानुपातिक समावेशी सहभागिताका साथै महिला हिंसाको अन्त्य, शान्ति, सुशासन र सामाजिक न्यायप्राप्तिका उद्देश्यले निरन्तर काम गरिरहेको उनको भनाइ थियो ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १६:२९