खानेपानीमन्त्री खानले दिए राजीनामा


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १६:२९

 

काठमाडौँ । खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर खानले राजीनामा बुझाएका हुन् । उनी जनमत पार्टीबाट मन्त्री बनेका थिए ।

जनमतले उद्योग मन्त्रालयमा दाबी गरे पनि नपाएपछि उनले राजीनामा दिएका हुन् । पुस ११ गते मन्त्री बनेका उनलाई माघ ३ गते खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १६:२९