संकटमा रहेको अर्थतन्त्र उकास्छु : अर्थमन्त्री महत


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १६:४९

काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले पदबहाली गरेका छन् ।

शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।

कार्यभार सम्हाल्दै उनले देशको अर्थतन्त्र संकटमा रहेको र अर्थमन्त्रीको हैसियतले अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न भरपुर कोसिस गर्ने बताए ।

उनले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन आफू सक्दो पहल गर्ने बताए । ‘हाम्रो अर्थतन्त्रमा यतिबेला मन्दी लागेको छ। राजस्वको परिवेश, आपूर्तिको परिवेश सन्तोषजनक छैन। अहिले राजस्वभन्दा धेरै खर्च छ। पूँजीगत खर्च गर्न सकेका छैनौं। समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यत्न रहन्छ,’ उनले भने ।

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताए ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १६:४९