१ दशकपछि गृहमा नारायणकाजी


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १७:१६

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् ।

११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।

उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् ।

श्रेष्ठ २०६८ मा १६ साउनदेखि ३ भदौसम्म गृहमन्त्री रहेका थिए ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १७:१६