सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण हुन्छ : उपप्रधानमन्त्री खड्का


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १७:४१

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताए ।

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षसँगको छलफलबाट आफू अघि बढ्ने बताए । उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए ।

न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकता, सरकारका महत्वपूर्ण नीतिगत सुधारका काम अघि सार्ने उनको भनाइ छ ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १७:४१