मुख्यमन्त्री शर्माले पाए विश्वासको मत


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १७:४५


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिए ।

विश्वासको मतको विपक्षमा १ मत परेको छ भने १ सांसद अनुपस्थित थिए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।

गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १७:४५