कलंकीको बजरंग गार्मेन्ट उद्योग आगलागीमा एक जना बेपत्ता


तरुण पत्रिका

१० बैशाख २०८०, आईतवार १३:१८

काठमाडौं । कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।

घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताउँछन् ।

डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ’, रिजालले अनलाइनखबरसँग भने, ‘परीक्षणपछि त्यो उनकै हो कि होइन भन्ने यकिन हुन्छ ।’

प्रकाशित: १० बैशाख २०८०, आईतवार १३:१८