रास्वपाले माफी माग्ने सहमतिपछि किरण माविको मतदान सुचारु


तरुण पत्रिका

१० बैशाख २०८०, आईतवार १५:२७

चितवन । चितवन १ अन्तर्गत नयाँ किरण मावि भोजाङको मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । मतदानस्थलमा घण्टी बजाउँदै नाराबाजी गरेपछि झडप भएको थियो ।

झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिपछि सुचारु भएको छ । दलहरुबीच ४ बुँदे सहमति भएको छ ।

प्रकाशित: १० बैशाख २०८०, आईतवार १५:२७