अर्घाखाँची– राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी निर्वाचित भएका छन् ।
सदरमुकाम सन्धिखर्कमा यही वैशाख ८ र ९ गते सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो ।
सन्धिखर्कमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार अधिवेशनले जिल्ला सचिवमा बाबुराम पन्थी सुनारलाई निर्वाचित गरेको छ । सुनार भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडाअध्यक्ष समेत हुन् ।
अधिवेशनको जनमोचाका केन्द्रीय अध्यष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक जिल्लामा क्रियाशील सबै पार्टीलाई आमन्त्रण गरिएको उद्घाटन सत्रमा अध्यक्ष केसीले रवी लामिछाने र स्वतन्त्र पार्टीको चर्को आलोचना गरेका थिए । अध्यक्ष केसीले राष्ट्रियता कमजोर बनिसकेको भन्दै आम जनता सचेत बन्नुपर्ने समेत बताएका थिए ।
प्रकाशित: १० बैशाख २०८०, आईतवार १७:३९