नेपालमा थपिए ८१ कोरोना संक्रमित


तरुण पत्रिका

१० बैशाख २०८०, आईतवार १७:४३

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: १० बैशाख २०८०, आईतवार १७:४३