काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता कायमै राखेका छन् ।
गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
प्रकाशित: ११ बैशाख २०८०, सोमबार १०:५२