‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’


तरुण पत्रिका

१९ चैत्र २०७९, आईतवार १४:०५

मोरङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार राखेका हुन् । मन्त्री राईले भने, “लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन ।” उनले जनताले त्यसप्रति आफ्नो असहमति जनाउन पाउने बताए ।

उनले कोशी प्रदेश नामकरणका सम्बन्धनमा असन्तुष्ट पक्षबीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त गर्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारलेसमेत वार्ताबाट समाधान निकाल्ने भनेको जानकारी दिए ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार १४:०५