काठमाडौँ । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारका पूर्वकर्मचारी घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सेवामा रहँदा घिमिरेले ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा कमाएको देखिएको थियो भने सोही अवधिमा उनले ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।
त्यही बढी देखिएको सम्पत्तिलाई अख्तियारले गैरकानुनी सम्पत्ति मान्दै मुद्दा दर्ता गराएको हो । उनीमाथि २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिमाना र गैरकानुनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ ।
उनलाई २०७९ जेठ १४ गते मध्यरातमा अर्थ मन्त्रालय पुगेर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको थियो ।
प्रकाशित: १९ चैत्र २०७९, आईतवार १७:२१